काठमाडौं । जर्मन क्लब फ्रान्कफुर्ट युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा वेस्ट ह्यामलाई १-० ले हराउँदै समग्रमा ३-१ को जितसहित फ्रान्कफुर्ट फाइनलमा पुगेको हो ।
फ्रान्कफुर्टलाई जित दिलाउन राफायल बोरेले निर्णायक गोल गरे । उनले २६ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै आरोन क्रेसवेलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो ।
अब फ्रान्कफुर्टले उपाधिका लागि रेन्जर्ससँग खेल्नेछ ।
रेन्जर्सले दोस्रो लेगमा आरबी लाइपजिगलाई ३-१ ले हराउँदै समग्रमा ३-२ को जित निकाल्यो ।