लेस्टरलाई हराउँदै रोमा फाइनलमा
शुक्रबार, २३ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमा युरोपा कन्फरेन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेस्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै रोमा समग्रमा २-१ को जितसहित फाइनल पुगेको हो ।
रोमालाई जित दिलाउन टामी अब्राहमले निर्णायक गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरेका थिए ।
पहिलो लेगमा भने रोमा र लेस्टरले १-१ गोलको बराबरी खेलेको थियो ।
अब रोमाले उपाधिका लागि फियनरुडसँग खेल्नेछ । फाइनल मे २५ मा हुनेछ ।
फियनरुडले दोस्रो लेगमा मार्सेलीसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३-२ को जित निकाल्यो ।
लेस्टरलाई हराउँदै रोमा फाइनलमा






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)