खालीबारी र समाज कल्याणको बराबरी
बिहिबार, २२ बैशाख २०७९खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा खालीबारी र समाज कल्याणले १-१ गोलको बराबरी खेलेको हो ।
खेमराज श्रेष्ठले गोल गर्दै समाज कल्याणलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, सुदिप केसीले गोल गर्दै खालीबारीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै अर्को खेलमा महाबिर क्लब र रानीबारी स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।
खालीबारी र समाज कल्याणको बराबरी






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)