काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार पाँचौ जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार ओसिस क्लबलाई ४-० गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार चौंथो जित निकालेको हो ।
आरसी ३२ को जितमा विवेक सन्तोषी, प्रविन राई, अनिस पुलामी मगर र आशिष लावतीले एक एक गोल गरे ।
जितसँगै आरसी ३२ ले ५ खेलमा १५ अंक जोडेको छ ।
आरसी ३२ शीर्ष स्थानमा उक्लिएको छ ।
ओसिसको यो पाँचौ हार हो ।
ओसिसले अंक जोड्न सकेको छैन ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।