काठमाडौं । अर्जेन्टिनाका लेजेण्ड डिएगो म्यारोडोनाको ह्यान्ड अफ गड जर्सी कीर्तिमानी मूल्यमा लिलामी भएको छ ।
म्यारोडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गर्दा प्रयोग गरेको जर्सी ७.१ पाउण्ड मिलियनमा बिक्री भएको हो। यो खेलकुद सामग्रीले पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो मूल्य हो ।
विश्वकपको क्वाटरफाइनलमा म्यारोडोनाले इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । म्यारोडोनाले एक गोल हातले गरेका थिए । जसलाई ह्यान्ड अफ गडको उपनाम पाएको छ ।
खेलपछि म्याराडोनाले इंग्ल्यान्डका मिडफिल्डर स्टिभ होजसँग जर्सी साटेका थिए ।
म्यारोडोनाको २०२० मा निधन भएको थियो ।