काठमाडौं । बर्नेमाउथ इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ ।
च्याम्पियनसिप अन्तर्गत बुधबार राति नटिङघम फरेस्टलाई १-० गोल अन्तरले हराउँदै बर्नेमाउथ प्रिमियर लिग फर्किएको हो ।
बर्नेमाउथलाई जित दिलाउन किफर मुरेले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै बर्नेमाउथले ४५ खेलमा ८५ अंक जोड्यो ।
बर्नेमाउथ दोस्रो स्थानमा रह्यो ।
फरेस्ट ७९ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।