काठमाडौं । रियल मड्रिडका डिफेन्डर डेभिड अलबाले म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेग गुमाउने भएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियलले बुधबार राति सिटीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल रियलको मैदानमा हुनेछ ।
तर, चोटका कारण अलबाले सिटीविरुद्धको खेल गुमाउने भएका हुन् ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले अलबाले सिटीविरुद्धको खेल गुमाउने पुष्टि गरे ।
पहिलो लेगमा सिटीले रियललाई ४-३ गोल अन्तरले हराएको थियो ।