काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसको राष्ट्रिय टिम र क्लबमाथि थप प्रतिबन्ध गरेको छ ।
यूईएफएले महिला युरो-२०२२ मा रुसमाथि प्रतिबन्ध गरेको छ।
यस्तै आगामी सिजन युरोपियन प्रतियोगितामा रुसी क्लबलाई प्रतिबन्ध गरिएको छ ।
त्यस्तै युरोकप फुटबल २०२८ र २०३२ को आयोजनाका लागि रुसले पेश गरेको दाबी अयोग्य भएको छ ।
यस अघि फिफा र यूईएफएले रुसको राष्ट्रिय टिम र रुसी क्लबमाथि अर्को सूचना नआएसम्मको लागि निलम्बन गरेको थियो ।