काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार चौंथो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार समाज कल्याण खेलकुद केन्द्रलाई १-० गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार चौंथो जित निकालेको हो ।
आरसी ३२ को जितमा विवेक सन्तोषीले निर्णायक गोल गरे ।
जितसँगै आरसी ३२ ले ४ खेलमा १२ अंक जोडेको छ ।
आरसी ३२ दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले रानीबन स्पोर्ट्स क्लबलाई १-० ले हराएको छ ।
यस्तै मनोहरा युनाईटेडले ओसिस क्लबलाई १-० ले हराएको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।