काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र बुझाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छाडेका खेलाडीले सोमबार एन्फालाई पत्र बुझाएको हो ।
खेलाडीले एन्फालाई पठाएको पत्रमा प्रशिक्षण छाड्नु परेको घटनाको घटनाक्रमबारे जानकारी समेत गराएको छ ।
क्याम्प छाड्ने खेलाडीको नेतृत्व गरेका रोहित चन्दले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका हुन् ।
यस्तै अखिल नेपाल फुटबल खेलाडी संघले फुटबलको विवादबारे छानविन गर्न ज्ञापनपत्र बुझाएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष बिक्रम लामाले महासचिव तुलाधरलाई पत्र बुझाएका थिए ।

