बार्सिलोना दोस्रो स्थानमा
आइतबार, बैशाख १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे र सर्जियो बुस्केट्सले एक एक गोल गरे ।
मालोर्काका एन्टोनियो जोसेले एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
५४ औं मिनेटमा सर्जियोले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा मालोर्काका एन्टोनियोले एक गोल फर्काएपनि बार्सिलोना विजयी भयो ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले ३४ खेलमा ६६ अंक जोडेको छ ।
मालोर्का ३२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
बार्सिलोना दोस्रो स्थान






-1763309767672.webp&w=3840&q=75)






