काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे ।
खेलको सातौं मिनेटमा बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७१ औं मिनेटमा माटिया अरामुले गोल गर्दै भेनेजियालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा बोनुचीले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले ३५ खेलमा ६९ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
भेनेजिया २२ अंक जोडेर पुछारमा रहेको छ ।