काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति आर्सनलले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३८ औं मिनेटमा रोब होल्डीङले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४५ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
यस जितसँगै आर्सनलले ३४ खेलमा ६३ अंक जोडेको छ ।
आर्सनल चौंथो स्थानमा रहेको छ ।
वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।