काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार चौंथो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार महाबिर क्लबलाई २-१ ले हराउँदै झापाले लगातार चौंथो जित निकालेको हो ।
झापाको जितमा विशाल राई र विशाल खवासले एक एक गोल गरे ।
महाबिरका रोमन तामाङले पेनाल्टी मार्फत एक गोल फर्काए ।
जितसँगै झापाले ४ खेल १२ अंक जोडेको छ ।
झापा शीर्ष स्थानमा रहेको छ ।
अर्को खेलमा खालीबारी युथ क्लब र स्वय्म्भु क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ
प्लानिङ ब्वाइज र सानेपा क्लबले पनि १-१ गोलको बराबरी खेलेका छन् ।