काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले दुई गोल गरे ।
घरेलु मैदानमा कप्तान ह्यारी केनले २२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६० औं मिनेटमा सनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
७९ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा लेस्टरका केलिचीले एक गोल फर्काएपनि टोटेनहम ३-१ ले विजयी भयो ।
जितसँगै टोटेनहमले ३४ खेलमा ६१ अंक जोडेको छ ।
टोटेनहम चौंथो स्थानमा रहेको छ ।
लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।