काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
आइतबार भएको खेलमा चेल्सीलाई एभर्टनले १-० गोल अन्तरले हराएको हो ।
एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे ।
घरेलु मैदानमा उनले ४७ औं मिनेटमा ग्रेको पासमा गोल गरेका हुन् ।
जितसँगै एभर्टनले ३३ खेलमा ३२ अंक जोडेको छ ।
एभर्टन १८ औं स्थानमा रहेको छ ।
चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।