पोखरा । सुर्य बहादुर के.सी.स्मृती सहारा फुटबल एकेडेमीमा रहेका ८ जना किशोरहरुलाई बिदाइ गरिएको छ ।
प्लस टु सकेका ८ जना किशोरहरुलाई क्लबले एक समारोहका बिच आइतबार बिदाइ गरेको हो ।
करिब ९ वर्ष एकेडेमीमा रहेर फुटबल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप के.सी.,पर्वत कार्की नेटा ६ का शिशिर क्षत्री, रुकुम कोल २ का कुशल बुढामगर, कास्की कृष्ति २ का निश्चल भण्डारी, चितवन छार्वोव्क ३ का प्रमिश गुरुङ, सुरेखेत विरेन्द्र नगर १२ का कमल सोमई मगर, स्याङजा बाहकोट १ का सन्देस गुरुङ र स्याङजा पन्चमुल ४ निरज बि.क.लाई क्लवले बिधाई गरेको हो ।
क्लबका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिदाइ हो ।
एकेडेमीमा तेश्रो व्याजको रुपमा १६ जिल्लाका २८ जना बालकहरु रहे पनि हाल १५ जना रहेको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बरालले बताए ।
२०५५ साल भदौं ३० गते सहारा क्लवको स्थापना भएको हो । पहिलो संस्करण २०५८ सालमा को क्याराभान गोल्ड कप सुरु भएसंगै सहारा एकेडेमी सुरु भएको थियो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष थकालीले जहाँ गरिब र बिपन्न बर्गका मानिसहरु रहेका छन उनीहरुको हकहितमा वोल्दै आफुले सकेको सहयोग गर्न एकेडेमीका किशोरहरुलाई सुझाव दिए ।
क्लबका मानार्थ सदस्य महेश गुरुङले क्लवले हुर्काएका किशोरहरु जहाँ भए पनि क्लव प्रति आफ्नो भूमिका खेल्न सक्नुपर्ने बताए । उनले थप शिक्षा हासिल गर्दा आवश्यक पर्ने सहयोग गर्न समेत आफुहरु तयार रहेको जनाए ।
एकेडेमीबाट बिदाइ हुदै गर्दा सुरेखेत विरेन्द्र नगर १२ का कमल सोमई मगर भावुक हुदै आफ्नो वाल्यकालको महत्वपूर्ण जीवनमा एकेडेमीले आमा बाबुको माया दिएकोले आफु जहाँ भए पनि एकेडेमी प्रचि चासो दिने बताए ।
यसैबिच क्लवले सहारा एकेडेमीमा मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका सल्लाहकारहरु शेरा गुरुङ र भोज बहादुर गुरुङ, रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष रुपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरासहारा क्लबद्धारा संचालित सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन भएको क्लबले जनाएको छ ।