काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोलाई एथ्लेटिक बिल्बाओले २-० गोल अन्तरले हराएको हो ।
बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले एक गोल गरे ।
एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको आठौं मिनेटमा मारियो हेर्मोसोको आत्मघाती गोलबाट बिल्बाओले सुरुआती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ५६ औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई २-० को जित दिलाए ।
यस जितसँगै बिल्बाओले ५१ अंक जोडेर छ । बिल्बाओ आठौं स्थानमा रहेको छ ।
एट्लेटिको ६१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।