नापोलीको एकतर्फी जित
आइतबार, १८ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले सासोउलोलाई ६-१ गोल अन्तरले हराएको हो ।
नापोलीलाई जित दिलाउन मेर्टेन्सले दुई गोल गरे ।
यस्तै कालिडोउ काउलीबाली, भिक्टर सोइम्हेन, हिर्भिङ लोजानो र अमिरले एक एक गोल गरे ।
सासोउलोका म्याक्सिम लोपेजले एक गोल फर्काए ।
यस जितसँगै नापोली ले ३५ खेलमा ७० अंक जोडेको छ ।
नापोली तेस्रो स्थानमा रहेको छ ।
सोसोउलो ४६ अंक जोडेर दशौं स्थानमा रहेको छ ।
नापोलीको एकतर्फी जित






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)