काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले सासोउलोलाई ६-१ गोल अन्तरले हराएको हो ।
नापोलीलाई जित दिलाउन मेर्टेन्सले दुई गोल गरे ।
यस्तै कालिडोउ काउलीबाली, भिक्टर सोइम्हेन, हिर्भिङ लोजानो र अमिरले एक एक गोल गरे ।
सासोउलोका म्याक्सिम लोपेजले एक गोल फर्काए ।
यस जितसँगै नापोली ले ३५ खेलमा ७० अंक जोडेको छ ।
नापोली तेस्रो स्थानमा रहेको छ ।
सोसोउलो ४६ अंक जोडेर दशौं स्थानमा रहेको छ ।