काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा लिड्स युनाईटेडलाई ४-० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
लिड्सको मैदानमा १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।
जितसँगै सिटीले ३४ खेलमा ८३ अंक जोडेको छ ।
लिड्स ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।