काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डलाई बक्हमले ४-३ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा अर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्ड पराजित भएको हो ।
बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे ।
यस जितसँगै बक्हम ३९ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ ।
डर्टमण्ड ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।
