एन्सेलोटी ५ युरोपियन लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक
शनिबार, १७ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
शनिबार राति रियललाई स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान जितेका थिए ।
उनले चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए भने एसी मिलानलाई सिरी ए को उपाधि दिलाएका थिए ।
यस्तै पीएसजीलाई लिग वान र बायर्न म्युनिखलाई बुन्डेसलिगा जिताएका थिए ।
एन्सेलोटी ५ युरोपियन लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)