नर्विच रेलिगेसनमा
शनिबार, १७ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । नर्विच सिटी इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २-० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।
अब नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।
एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।
जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।
नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ ।
नर्विच रेलिगेसनमा






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)