रियललाई ला लिगाको उपाधि
शनिबार, १७ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ ।
शनिबार राति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
रियलले ४ खेल बाँकी रहदै उपाधि जितेको हो ।
यस्तै रियलको यो ३५ औं ला लिगा उपाधि हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे ।
खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए ।
यस जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ ।
रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि रहेको छ ।
स्पानियोल ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
रियललाई ला लिगाको उपाधि






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)