काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बनिसकेको बायर्न म्युनिख पराजित भएको छ ।
शनिबार राति भएको खेलमा बायर्नलाई मैन्जले ३-१ गोल अन्तरले हराएको हो ।
रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काएपनि बायर्न पराजित भएको हो ।
खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा मौसाले गोल गर्दै मैन्जको अग्रता दोब्बर बनाए ।
खेलको ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा लिन्द्रो बारिरोले गोल गर्दै मैन्जलाई ३-१ को जित दिलाए ।
यस जितसँगै मैन्जले ३२ खेलमा ४२ अंक जोडेको छ ।
मैन्ज नवौं स्थानमा रहेको छ ।
बायर्न ७५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।