काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा न्युकासललाई १-० गोल अन्तरले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुललाई जित दिलाउन नेबी केइटाले निर्णायक गोल गरे ।
उनले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै लिभरपुलले ३४ खेलमा ८२ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।
न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।