काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर रिस जेम्स अनुबन्धका लागि योजना बनाएको छ ।
सन् २०२३ सम्म इंग्लिस डिफेन्डर अनुबन्धका लागि रियलले योजना बनाईरहेको गोलडटकमले जनाएको छ ।
चेल्सीसँग डिफेन्डर जेम्सको सम्झौता २०२५ सम्म रहेको छ ।
२२ वर्षीय जेम्सले २०१९ मा चेल्सीको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
अहिले उनी चेल्सीका मुख्य हिस्साको रुपमा रहेका छन् ।
जेम्सले यस सिजन ३३ खेलमा ६ गोल र ७ असिस्ट गरिसकेका छन् ।