काठमाडौं । एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा क्यामरुनको एभेनिर फुटबल क्लबसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको मैत्रीपूर्णमा नेपालले क्यामरुनी टोलीसँग गोलरहित बराबरी खेलको हो।
एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले क्यामरुनी टोलीसँग अभ्यास खेल खेलेको हो ।
क्यामरुनी टोलीविरुद्ध अधिकांस नयाँ खेलाडी मैदान उत्रिएका थिए ।
१० खेलाडीले क्याम्प छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १७ नयाँ खेलाडीलाई प्रशिक्षणमा डाकेका छन्।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर बाहिरिएका हुन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।