काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिक अष्ट्रियाको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
राङनिकले अष्ट्रिया एफएसँग दुई वर्षको सझौता गरेका छन् ।
तर, राङनिक प्रिमियर लिगको सिजन सकिएपछि अष्ट्रियाको टोलीमा सामेल हुनेछन् ।
६३ वर्षीय जर्मन प्रशिक्षक राङनिक सिजनको अन्तिमसम्म युनाईटेडमा रहने छन् ।
ओले गन सोल्सारलाई बर्खास्त गरेपछि युनाईटेडले राङनिकलाई अन्तरिम प्रशिक्षक चयन गरेको थियो ।
यस्तै युनाईटेडले डच प्रशिक्षक एरिक टेन ह्यागलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरिरहेको छ ।
अष्ट्रिया फिफा विश्वकपमा छनोट हुन असफल भईसकेको छ । जसको कारण मुख्य प्रशिक्षक फ्रान्को फोडाले राजीनामा दिएपछि अष्ट्रिया मुख्य प्रशिक्षकविहीन रहेको छ ।