काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई १-० ले हराउँदै झापाले लगातार तेस्रो जित निकालेको हो ।
झापाको जितमा पेमा तामाङले निर्णायक गोल गरे । उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै झापाले ३ खेल ९ अंक जोडेको छ ।
पुल्चोकको यो लगातार तेस्रो हार हो ।