काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताईरीले १७ नयाँ खेलाडीलाई अवसर दिएका हुन् ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका छन् ।
थप गरिएको १७ खेलाडीले बिहीबारबाटै प्रशिक्षण सुरु गरिसकेका छन् ।
अलमुताईरीले बोलाएका खेलाडीमा विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, निरकुमार राई, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे लगायतका खेलाडी छन् ।
टिममा बोलाइएका नयाँ खेलाडी -
विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुप बहादुर लामा, शिव गुरुङ, अविशेक बराल, रोशन राना, संजोक राई, मनिष मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ
