काठमाडौं । एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण साँझ ५ बजे सुरु हुनेछ ।
छनोटका लागि नेपालले बैशाख २ गतेबाट तयारी गरिरहेको छ ।
तर, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर बाहिरिएका छन् ।
१० खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १४ खेलाडीलाई प्रशिक्षणमा डाकेका छन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।