काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार तेस्रो जित निकालेको हो ।
आरसी ३२ को जितमा किश्मत लिम्बु, रोहन कार्की र विवेक सन्तोषीले एक एक गोल गरे ।
स्वयम्भुका पाल्साङ लामा र शाहील अधिकारीले एक एक गोल फर्काए ।
जितसँगै आरसी ३२ ले ३ खेलमा ९ अंक जोडेको छ ।
आरसी ३२ शीर्ष स्थान उक्लिएको छ ।
स्वयम्भुले ३ खेलमा १ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।