सहिद स्मृती मकवानपुर गोल्डकप जेठमा
शुक्रबार, बैशाख १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चौंथो संस्करणको स्थानीय स्तरीय सहिद स्मृती मकवानपुर गोल्डकप जेठ १२ गतेबाट शुरु हुने भएको छ।
मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडाको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ १२ गतेदेखि आयोजना गर्ने गरी तयारी सुरु भएको छ ।
चौंथो संस्करणको यस प्रतियोगितामा नेपालका शिर्ष श्रेणीका ६ क्लब र मोफसलका ४ क्लबगरि कुल १० टोलीको सहभागीता रहने मकवानपुर जिल्ला फुटबल संघको महासचिव छवि सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख प्राप्त गर्दा उप विजेताले पाँच लाख प्राप्त गर्नेछन्।
यस्तै सर्वोत्कृष्ट खेलाडीले पचास हजार र प्रत्येक विधाका उत्कृष्ट खेलाडीले पच्चीस हजार प्राप्त गर्नेछन्।
यसैगी हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्।
सहिद स्मृती मकवानपुर गोल्डकप जेठमा






-1763309767672.webp&w=3840&q=75)






