काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लेस्टर सिटी बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा लेस्टरले रोमासँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको १५ औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६७ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि लेस्टर हारबाट जोगिएको हो ।
कन्फरेन्स लिग अन्तर्गत अर्को खेलमा फियनुर्डले मार्सेलीलाई ३-२ गोल अन्तरले हराएको छ ।