काठमाडौं । युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आरबी लाइपजिगले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा जर्मन क्लब लाइपजिगले रान्जर्सलाई १-० गोल अन्तरले हराएको हो ।
लाइपजिग्को जितमा एन्जेलिनोले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै इंग्लिस क्लब वेस्ट ह्याम भने पहिलो लेगमा पराजित भएको छ ।
वेस्ट ह्यामलाई फ्रान्कफुर्टले २-१ गोल अन्तरले हराएको हो ।
फ्रान्कफुर्टको जितमा एन्स्गर कनुफ र दाइची कमाडाले एक एक गोल गरे ।
वेस्ट ह्यामका एन्टोनियोले एक गोल फर्काए ।