भरतपुर । स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलको उपाधि अभिषेक चर्च रजहर नवलपुरले जितेको छ ।
फाइनलमा हर्दी युवा समाजलाई २-१ गोल अन्तरले हराउँदै अभिषेक चर्चले उपाधि जितेको हो ।
अभिषेक चर्च रजहरको जितमा विकास लामा र सन्जोग महर्जनले एक एक गोल गरे।
हर्दी युवाका विज्ञान चौधरीले एक गोल फर्काए ।
उपाधिसँगै अभिषेक चर्चले १ लाख प्राप्त गर्दा हार्दी युवालेले ५० हजार प्राप्त गरे ।
प्रतियोगितामा हर्दीका सुनिल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट चुनिए ।
यस्तै उत्कृष्ट मिडफिल्डए हर्दीका अन्जन चौधरी, उत्कृष्ट डिफेन्डर हर्दीका रन्जय चौधरी र उत्कृष्ट गोलरक्षक अभिषेक चर्चका अदित गुरुङ चुनिए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो।