काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
जर्मन प्रशिक्षक क्लोपले थप दुई वर्ष एनफिल्डमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
अब क्लोप २०२६ सम्म लिभरपुलमा रहने छन् ।
क्लोपको लिभरपुलसँगको सम्झौता २०२४ को जुनमा सकिने थियो ।
तर, क्लोपले सम्झौता नसकिदै नवीकरण गरेका हुन् ।
क्लोप सन् २०१५ मा मुख्य प्रशिक्षकको रुपमा लिभरपुल आएका थिए ।
क्लोपले लिभरपुललाई प्रिमियर लिग, च्याम्पियन्स लिग लगायतका ठुला उपाधि जिताईसकेका छन् ।