काठमाडौं । चर्चित फुटबल एजेन्ट मिनो राइओलाको निधन भएको छ ।
विश्व फुटबलमा निकै चर्चित एजेन्ट मिनोको ५४ वर्षको उमेरमा निधन भएको हो ।
पछिल्लो समय उनी अस्वस्थ रहेका थिए ।
मिनोलाई गत जनवरीमा मिलानको अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गरिएको थियो । तर, रोगको प्रकृति खुलाईएको थिएन ।
मिनोलाई विश्व फुटबलको सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक मानिन्थ्यो । उनले केही प्रमुख खेलाडीका मेगा-डीलहरू गरेका थिए ।
उनी पाउल पोग्बा, अर्लिङ हालाण्ड, ज्लाटन इब्राहिमोबीच, रोमेलु लुकाकु, मारियो बालोटेली, मार्को भेराट्टी र हेनरिक मेखीटेरिएन जस्ता खेलाडीहरूको एजेन्ट थिए ।
पछिल्लो समय उनी हालाण्ड अनुबन्धको लागि म्यानचेस्टर सिटीसँग कुराकानीमा थिए ।