• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'क्याम्प छाडेर जा भनेपछि छाड्न बाध्य भयौं'
खेलपाटी संवाददाता
बिहीबार, वैशाख १५, २०७९ खेलपाटी संवाददाता
'क्याम्प छाडेर जा भनेपछि छाड्न बाध्य भयौं'

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफुहरु प्रशिक्षण छाड्न बाध्य भएको बताएका छन् ।

बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका हुन् । 

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका थिए । 

पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिस्कार गरेका १० खेलाडी नै उपस्थित भएका थिए । 

यस्तै खेलाडीहरुले प्रशिक्षकसँगको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी गराएको तर एन्फा नेतृत्वले मिडियामा गलत अभिव्यक्ति दिएको समेत जनाएको छ ।

'हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटक पटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौं हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौँ,' खेलाडीले जारी गरेको विज्ञप्ति भनिएको छ, 'समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर सार्वजनिक रुपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।'

प्रशिक्षणमा नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको, राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै प्रशिक्षकसँग गुनासो गरेका थिए ।  

आफ्नो सुविधाका विषयमा खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दुरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितलाई प्रशिक्षकले विदा दिएका थिए । रोहितलाई गरेको व्यवहार गैरजिम्मेवारपूर्ण रहेको भन्दै अन्य खेलाडीले समेत प्रशिक्षण बहिस्कार गरेका थिए ।  

उनीहरुले मुख्य प्रशिक्षकबाट रोहितलाई भएको व्यवहार गलत रहेको र क्याम्प छाडेर जा भन्नु अन्यायपूर्ण रहेको समेत जनाएका छन् ।

'यसपटक क्लोज क्याम्पमा राख्दा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले सामान्य गास- बास बारे प्रश्न सोध्दा जुन व्यवहार गरियो त्यसमा हामी असन्तुष्ट थियौं राष्ट्रिय टोलीका प्रशिक्षकले टोलीका सदस्य खेलाडीलाई त्यस किसिमको व्यवहार गर्नु राम्रो थिएन त्यसमाथि क्याम्प नै छोडेर जा भन्नु अन्यायपूर्ण हो भन्ने हामीलाई लागेको छ' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खेलाडीले अलमुताईरीको आगमनपछि आफुहरुको व्यक्तिगत जीवनमा समेत अनेक दबाब थपिएको जनाएका छन् । प्रशिक्षकले आफुहरुको मौनताको फाईदा उठाउदै अनावश्यक दबाब दिदा पनि चुप बसेको तर आगामी दिनमा बढी मानसिक दबाब खेप्नुपर्ने देखेर एकजुट भएर आन्दोलनमा होमिएको विज्ञप्तिमा उल्लेख छ ।

'नयाँ प्रशिक्षकको आगमनपछि त क्लब फुटबलमा हुँदा र व्यक्तिगत जीवनमा पनि अनेक दबाब आएका छन् । यसमा पनि हामीले कुनै प्रतिप्रश्न गरेका छैनौं, न त हामीले बाहिर केहि भनेका छौं', विज्ञप्तिमा लेखिएको छ, 'हाम्रो यस मौनताको फाइदा उठाउँदै पटक पटक अनावश्यक दवाव दिदा पनि हामी चुप बस्यौँ । तर पछिल्लो घटनाक्रममा हामीले एक जुट नभए आउने पिढीका खेलाडीले यो भन्दा बढी मानसिक दबाब खेप्नुपर्ने देखेर नै हामीले प्रशिक्षकसँग छलफल गर्ने प्रयास गरेका थियौं ।'

यस्तै खेलाडीले राष्ट्रका लागि खेल्नु आफ्नो दायित्व रहेको र त्यसमा नपन्छिने जनाएका छन् ।

'हामी खेलाडी राष्ट्रका लागि खेल्नु हाम्रो दायित्व हो यसबाट हामी कदापी पन्छिने छैनौं तर जुन किसिमको व्यवहार प्रशिक्षक अलमुताइरी र टोलीबाट भयो, यसमा हामी दुखि छौं,' विज्ञप्तिमा उल्लेख छ ।

खेलाडीको विज्ञप्ति - 

No description available.

 

 

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP