काठमाडौं । खालीबारी युथ क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा विरगंज युथ एकेडेमीलाई २-० ले हराउँदै खालीबारीले पहिलो जित निकालेको हो ।
खेलको १७ औं मिनेटमा सन्दीप गुरुङले गोल गर्दै खालीबारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा सुदिप केसीले गोल गर्दै खालीबारीलाई २-० को जित दिलाए ।
जितसँगै खालीबारीले ३ खेल ४ अंक जोडेको छ ।
विरगंजको यो लगातार तेस्रो हार हो ।
अंक विहीन विरगंज पुछारमा रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।