काठमाडौं । म्यानचेस्टर युनाईटेडका तीन खेलाडीले चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।
डिफेन्डर तथा कप्तान ह्यारी मग्वाएर, फ्रेड र विंगर जाडोन सान्चोले चेल्सीविरुद्धको खेल गुमाउने भएका हुन् ।
अन्तरिम प्रशिक्षक राङनिकले तीन खेलाडी चेल्सीविरुद्ध उपलब्ध नहुने पुष्टि गरे ।
मग्वाएरले आर्सनलविरुद्ध चोट बोकेका थिए । सान्चो अस्वस्थ्य रहेको र फ्रेड हिप इन्जुरीको कारण मैदान बाहिर रहने बताईएको छ ।
प्रिमियर लिग अन्तर्गत युनाईटेडले आज राति चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल युनाईटेडको मैदानमा हुनेछ ।
चेल्सी ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
युनाईटेड ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।