काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई २-० गोल अन्तरले हराएको हो।
लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो।

त्यसपछि खेलको ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब लिभरपुललाई दोस्रो लेगमा बराबरीको नतिजाले पुग्नेछ ।
भिल्लालाई भने फराकिलो जितको आवश्यकता भएको छ ।
दुई टोलीबीचको दोस्रो लेग आगामी मे ४ मा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ ।
