काठमाडौं । कोलम्बियाका मिडफिल्डर हामेस रोड्रिगेजले कतारी क्लब अल रायन छाड्ने भएका छन् ।
रोड्रिगेजले एक सिजन बिताएर कतारी क्लब छाड्ने भएका हुन् ।
उनी गत सिजन अल रायनमा अनुबन्धि भएका थिए ।
रोड्रीगेज इंग्लिस क्लब एभर्टनबाट कतार गएका थिए ।
तर, अब उनी युरोपियन लिगमा फर्कने योजनामा रहेको बताईएको छ ।
युरोप फर्किनका लागि उनको एजेन्ट जोर्गे मेन्डिसले का गरिरहेको बताईएको छ ।
३० वर्षीय रोड्रिगेजले कतारी क्लबका लागि ११ खेल ४ गोल गरेका छन् ।