काठमाडौं । म्यानचेस्टर युनाइटेडले गोलकिपर डेभिड डे हेयासँगको सम्झौता थप गर्न तयारी थालेको थालेको छ ।
स्पेनिस गोलकिपरलाई ओल्ड ट्राफोर्डमै राख्न युनाईटेडले योजना बनाईरहेको नाइन्टिमिनेट डटकमले जनाएको छ ।
डच प्रशिक्षक एरिक टेन ह्यागको आगमनपछि युनाईटेडले डेभिडसँग नयाँ सम्झौताका लागि प्रस्ताव गर्ने बताईएको छ ।
युनाईटेडले डच प्रशिक्षकलाई नियुक्त गर्न अन्तिम प्रयासहरु गरिरहेको छ ।
३१ वर्षीय गोलकिपर डेभिड २०११ मा एट्लेटिको मड्रिडबाट युनाईटेड आएका थिए ।
उनी युनाईटेडका नियमित गोलकिपर हुन् ।
तर, पछिल्लो पटक उनले स्पेनिस टोलीमा स्थान बनाउन सकेका छैनन् ।
यता, युनाईटेडले समेत लगातार खराब प्रदर्शन जारी राखेको छ ।
त्यसैले उनी युनाईटेडमा निराश देखिएको बताईएको छ ।