मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

मोफसलमा फिक्का मछिन्द्र

बुधबार, चैत १६, २०७८हेम राज हमाल
मोफसलमा फिक्का मछिन्द्र
Classic Tech Internet Ad

काठमाडौं । यस सिजनको मध्यान्नमै शीर्ष स्थानमा रहदै मछिन्द्रले एएफसी कप छनोटका लागि टिकट पक्का गरेको थियो । एएफसी कप छनोट खेल्ने पक्का गरिसकेपछि मछिन्द्रका लागि लिगको उपाधि यात्रा खासै कठिन भने रहेन । मछिन्द्र अपराजित रहदै लगातार दोस्रो पटक लिग उपाधि रक्षा गर्न सफल रह्यो ।

एएफसी कप छनोटमा चिरप्रतिद्धन्दी क्लब मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गरेको मछिन्द्रलाई लिग उपाधिबाट रोक्न अन्य कुनै क्लबले सकेनन् । एएफसीको क्लब लाईसेन्स नभएका कारण मछिन्द्रले गत वर्ष एएफसी कपको छनोट खेल्न पाएको थिएन । मछिन्द्रको स्थानमा दोस्रो स्थानमा रहेको आर्मीले एएफसी कप छनोट खेलेको थियो । यस वर्षका लागि मछिन्द्रले लाईसेन्स प्राप्त गरेको छ । अब मछिन्द्रले नेपालबाट एएफसी कप छनोटमा प्रतिनिधित्व गर्नेछ ।

May be an image of 5 people and people standing

यस सिजन दुई मुख्य सफलता हासिल गरेको मछिन्द्रको मोफसलको यात्रा भने सुखद देखिदैन । स्टार खेलाडीले भरिएको मछिन्द्र मोफसलको सर्वाधिक माग भएको टिम भएपनि नतिजामा फिक्का देखिन्छ । घरेलु फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकपबाट मछिन्द्रले मोफसल यात्रा सुरु गरेको थियो । सेमिफाइनलमा बिभागीय टोली एपीएफसंग पराजित भएपछि उसले मोफसल यात्रा ‘आहा’ हुन सकेन ।

लिग विजेता भैसकेपछि मछिन्द्रले नेपालको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपबाट मोफसलको यात्रा तय गरेको थियो । सर्वाधिक २१ लाख रुपैयाँ सहितको ट्रफी उचाल्ने लक्ष्य सहित धनगढी पुगेको मछिन्द्र पहिलो खेलमै स्तब्ध बन्यो । स्टार खेलाडी बिमल घर्ती मगर, मनीष डांगी, बिशाल राई, देबेन्द्र तामाङ, रंजित धिमाल र प्रभावशाली बिदेशी खेलाडी सम्मिलित मछिन्द्रलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको थियो । तर सुदुरपश्चिममा टोलीले नमिठो हार ब्यहोर्यो । सी छनोटमा असफल मोफसलको टिम बागमतीसँग पराजित हुँदै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको थियो । 

धनगढीको असफल यात्रापछि मछिन्द्र राजर्षि जनक कप खेल्न सर्लाही पुग्यो । सुरुवाती दुई खेलमा जित निकाल्दै मछिन्द्र फाइनलमा पुग्यो । उपाधिका लागि मछिन्द्र डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब मकवानपुरसँग प्रतिस्पर्धामा उत्रिएको थियो । तर अन्तिम खेलमा पराजित हुँदै उसले मोफसलको अर्को टोलीलाई राजर्षिको उपाधि सुम्पियो ।
लिगको उपाधिसँगै मछिन्द्र एएफसी छनोटको तयारीमा छ । मोफसलको गोल्डकपलाई उसले एएफसी छनोटको तयारीको रुपमा लिएको छ । तर नतिजाका हिसाबले मछिन्द्रलाई मोफसल ‘फापेको’ छैन । टिम निर्माणमा ठुलो धनराशी खर्चिएको मछिन्द्रले नाम अनुसारको नतिजा काठमाडौं बाहिर निकाल्न सकेको छैन ।  

May be an image of 6 people, people playing football, people standing and grass

मछिन्द्रलाई लगातार दोस्रो पटक लिग बिजेता बनाएका मुख्य प्रशिक्षक प्रवेश कटुवाल क्लब इतिहासका सर्वाधिक सफल प्रशिक्षक हुन् । मछिन्द्रलाई ऐतिहासिक रुपमा एएफसी कपको छनोटसम्म पुर्याएका झापाली प्रशिक्षक कटुवालले यस सिजन गोल्डकप उपाधिको स्वाद चाख्न पाएका छैनन् ।

मोफसलको गोल्डकप ठुला क्लबका लागि राम्रो आम्दानीको स्रोत पनि हो । नेपालमा लिगको विजेता टिम पनि घाटामा जाने गर्छन् । मोफसलको गोल्डकपले ठुला क्लबलाई आर्थिक हिसाबले सहयोग गर्ने गरेका छन् । यस सिजन झण्डै २ करोडमाथि लगानी गरेको मछिन्द्रले मोफसलको प्रतियोगिताबाट आफुलाई आर्थिक रुपमा सबल बनाउने लक्ष्य राखेको थियो । तर मोफसलको खराब नतिजाले क्लबलाई आर्थिक रुपमा समेत नोक्सान परेको छ ।  

‘अहिलेसम्म सहभागिता जनाएका गोल्डकपबाट लगभग ४५ लाख जति पुरस्कार राशी जित्ने संभावना थियो तर सबै गुमाएका छौं । यसले क्लबको आर्थिक सन्तुलनमा प्रभाव पारेको छ ।’ क्लबका म्यानेजर समेत रहेका उपाध्यक्ष अनिल श्रेष्ठ भन्छन् । 

मोफसलका गोल्डकपमा क्लबको नतिजाबाट श्रेष्ठ सन्तुष्ट छैनन् । ‘केही हदसम्म भाग्यले पनि साथ दिएको छैन ।’ उनी भन्छन्, ‘यसमा फ्रेन्चाईज फुटबल एनएसएल पनि एउटा कारण हो ।’

May be an image of 4 people, people playing American football, people standing and grass

मछिन्द्रका अधिकांश खेलाडी महङ्गो मुल्यमा एनएसएलमा बिक्री भएका कारण प्रतियोगिताको अनिश्चितताले खेलाडीले ध्यान केन्द्रित गर्न नपाएको श्रेष्ठको बुझाई छ ।    

‘मछिन्द्रका खेलाडी महँगो मूल्यमा एनएसएलका बिभिन्न क्लबमा अनुबंध भएका छन् । एनएसएलको विवादको असर खेलाडीमा समेत परेको छ । उनीहरुले ध्यान केन्द्रित गरेर खेल्न सकेका छैनन् ।’ उनी भन्छन् । 

‘लिग च्याम्पियन क्लबबाट धेरैको अपेक्षा हुन्छ । जून स्वभाविक छ । यही तरिकाले मछिन्द्र कसरी एएफसी कप छनोट खेल्छ भनेर कुरा उठिरहेको छ, यो धेरै चिन्ताजनक हो ।’ श्रेष्ठ भन्छन् ।
 

Bajaj Pulsar Motorcycle Ad
#फिक्का #मछिन्द्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार