राष्ट्रिय गोजुरियो कराते चैत १८ बाट

काठमाडौं । नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् ।
पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने छ ।
त्यसअघि प्रतियोगितालाई लक्षित गरी चैत १७ गते राष्ट्रिय रेफ्री सेमिनार हुने छ । एकदिने सेमिनारमा ३५ रेफ्रीको सहभागिता रहने सचिव गिरीले जानकारी गराए ।
डब्लुकेएफ रेफ्री बलराम मित्रले सेमिनार सञ्चालन गर्ने छन् । सेमिनार पनि राखेप कभर्डहलमा नै हुने छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







