वादोरियोको विशेष प्रशिक्षण तथा सेमिनार
शुक्रबार, चैत ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा विशेष प्रशिक्षण तथा राष्ट्रिय रेफ्री सेमिनार दोलखामा सुरु भएको छ ।
दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ८ बोचमा भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले कार्यक्रमको उदघाटन गरे।
नेपाल वादोरियो कराते डो संघका सातै प्रदेशका १०५ जना प्रशिक्षकहरुले प्रशिक्षक प्रशिक्षण तथा रेफ्री ट्रेनिङ लिने छ्न ।
यस प्रशिक्षणबाट राष्ट्रिय रेफ्री तथा प्रशिक्षक उत्पादनमा सहयोग पुग्ने नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका सस्थापक प्रमुख प्रशिक्षक तथा अध्यक्ष हरिशरण केसीले बताए ।
वादोरियोको विशेष प्रशिक्षण तथा सेमिनार






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







