विश्व नम्बर एक बार्टीद्धारा सन्यास
बुधबार, चैत ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी असलेइघ बार्टीले २५ वर्षकै उमेरमा व्यावसायिक टेनिस खेलबाट सन्यास लिएकी छन् ।
अष्ट्रेलियन खेलाडी बार्टीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन् ।
बार्टीले आफू धेरै खुसी भएको, एकदमै तयार भएको तथा यो निर्णय आफ्ना लागि सही भएको बताएकी छन् ।
बार्टीले सन् २०१९ मा फ्रेन्च ओपनको उपाधि जित्दै पहिलो ग्रान्ड स्लाम हात पारेकी थिईन् ।
त्यसपछि उनी विश्व वरीयताको शीर्ष स्थानमा रहदै आएकी छन् ।
गत जनवरीमा अष्ट्रेलियन ओपनको एकलतर्फको उपाधि जित्दै ४४ वर्र्षमा सो उपाधि हात पार्ने बार्टी पहिलो अष्ट्रेलियन खेलाडी बनेकी थिईन् ।
#बार्टीले सन् २०१९ मा फ्रेन्च ओपनको उपाधि जित्दै पहिलो ग्रान्ड स्लाम हात पारेकी थिईन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


