शिभालीको जोडीलाई स्वर्ण
शनिबार, २४ माघ २०८२खेलपाटी संवाददाता
काठमाडौं। नेपालकी शिभाली गुरुङ र कोरियाकी सिओह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०– सर्किट २ को गल्र्स डबल्समा शनिबार स्वर्ण जितेका छन् ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभाली र किमको जोडीले भारतका अलिना फारिड र साइभी गौरव दलालको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । किम गल्र्स सिंगल्समा पनि पहिलो भइन् । ब्वाइज डबल्समा स्पेनका डेविड अगुइर जोहन्सन र चीनका रुछेन गाउको जोडी पहिलो भए ।
विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, सचिव एवं प्रतियोगिता निर्देशक अजय विष्ट र सदस्य गौरीशंकर श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे ।















-1770375849820.jpg&w=3840&q=75)